Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मारुतीको वागन आरको इलेक्ट्रिक कार लन्च हुँदै, यस्ता छन् विशेषता !

भारतीय बजारमा मारुती सुजुकीले नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले वागन आरको इलेक्ट्रिक भर्सन पनि लन्च गर्ने भएको छ ।सो कार परीक्षणको समयमा देखा परेको थियो । सो कारको डिजाइनको बारेमा जानकारी सार्वजनिक भइसकेको छ ।

ब्याट्री र ड्राइभिङ रेन्ज
स्ट्यान्डर्ड चार्जरको मद्दतले सो ह्याचब्याक कारको ब्याट्री फुल चार्ज हुनका लागि ७ घन्टाको समय लााग्छ । कम्पनीले यसको साथै फास्ट चार्जरको विकल्प पनि प्रदान गरेको छ । जसले सो व्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १ घन्टा भन्दा कम समय लाग्छ । एक पटकको फुल चार्जमा सो कार २०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

डिजाइन र फिचर
सो कारमा एलईडी लाइटिङको साथमा स्प्लिट ह्यान्डल सेटअप र नयाँ लोअर बम्पर रहेको छ । जसमा नयाँ एलईडी फगल्याम्प रहेको छ । यसको साथ कारमा शटअफ फ्रन्ट ग्रिल र क्लोज्ड एयर इनटेक ब्ल्याक शेड पनि समावेश गरिएको छ । नयाँ वागनआरको एक्सटेरियरमा ब्ल्याक आउट बी र सी पिलर देखिएको छ र यसमा फ्ल्याट रुफ उपलब्ध रहेको छ । वागनआर ईभीको रियरमा भर्टिकल्ली प्लेस्ड एलईडी टेलल्याम्प र भर्टिकल रिफ्लेक्टरको साथमा अपडेटेड बम्पर समावेश गरिएको छ ।

लन्चिङ डिटेल्स र मूल्य
यद्यपि कम्पनीले सो कारको लन्चिङ समयको बारेमा आधिकारिक घोषणा गरेको छैन । अनुमानित रिपोर्ट अनुसार सो इलेक्ट्रिक कार यो वर्षको सेप्टेम्बरमा भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । वागन आर ईभीको मूल्य ९ लाख भारु तोकिने अनुमान गरिएको छ ।

अन्य विशेषता
वागनआर ईभी विना कुनै केमोफल्याज देखिएको थियो । नयाँ रिपोर्ट अनुसार वागनआर ईभीको इन्टेरियरको लुक हाल उपलब्ध मोडलजस्तै हुने सम्भावना रहेको छ । सो कारको इन्टेरियरमा ब्ल्याक र बेन्ज कलर समावेश गरिने जानकारी सार्वजनिक भएको छ । सो कारको सेन्टर कन्सोल, ड्यासबोर्ड र स्टेयरिङ ह्वील हाल उपलब्ध मोडल जस्तो हुनेछ । कम्पनीले सो इलेक्ट्रिक कारमा क्लाइमेट कन्ट्रोल, अपडेटेड डिजिटल डिस्प्ले र स्पिडोमिटर जस्ता केही फिचर परिवर्तन गर्ने सम्भावना रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्