Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निसान लिफ इलेक्ट्रिक कार नेपालमा भोलि भर्चुअल लन्च हुँदै, मूल्य कति ?

विश्वमै लोकप्रिय मानिने निसानको इलेक्ट्रिक कार नेपाली बजारमा भोली लन्च हुँदै छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले भोलि जुलाई ७ का दिन बेलुकी ४ बजे भर्चुअल लन्च गर्ने जनाएको छ ।

सामाजिक सञ्जालमार्फत सो कार र यसको मूल्य पनि त्यही समयमा सार्वजनिक गरिने निसान नेपालको फेसबुक पेजमा उल्लेख गरिएको छ ।

पायोनियर मोटोकर्पले गत वर्ष नै निसान लिफ नेपाली बजारमा ल्याउने तयारी गरेको भए तापनि बजेटमार्फत अन्तःशुल्क र भन्सार शुल्कमा गरिएको भारी वृद्धिका कारण यसको आयात रोकिएको थियो ।

पछि बीचमा केही पुनरावलोकन हुँदा समेत पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउने घोषणा गरिसकेको थियो । तर निषेधाज्ञाका कारण रोकिएको थियो ।

हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएको छ ।

यसले गर्दा अटोमोबाइल व्यवसायीहरु नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा भित्र्याउन हौसिएका छन् । निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कार पनि मानिन्छ ।

यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन । सायद केही दिनमै यसको मूल्य पनि सार्वजनिक हुनेछ । संसारका धेरै मानिसको पहुँचमा पुगेको इलेक्ट्रिक कार भएको कारण यसको मूल्य पनि सायद पहुँचयोग्य हुनेछ ।

अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन। ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक ई–पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ।नेपाल अटो

 

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्