Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्ष श्री रामशरण पुडासैनीले लिए शपथ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष श्री रामशरण पुडासैनीले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंक संचालक समितिको आईतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएका अर्थ मन्त्रालयका सहसचिव श्री धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए ।

अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिवमा रहेका छन् ।शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय श्री निलम तिम्सिना ढुङ्गाना तथा श्री बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्