Logo
१२ बैशाख २०८१, बुधबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा १२ को परीक्षा भौतिक अपस्थितिमै साउन अन्तिम साताबाट सञ्चालन गर्ने बोर्डकाे तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने योजना अनुसार कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट गर्न सरकारसँग अनुमति माग गरेको हो ।

बोर्ड स्रोतका अनुसार कक्षा लाखौँ विद्यार्थीको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्न नसकिने भन्दै ढिलै भए पनि भौतिक अपस्थितिमै परीक्षा सञ्चालन गर्ने योजना राष्ट्रिय परीक्षा बोर्डको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले उक्त प्रस्तावमाथि एमसीसीमा छलफल पछि मात्रै निर्णय हुने जनाएको छ । यसअघि जेठ २६ बाट हुने भनिएको परीक्षा पनि एमसीसीले नै रोक्ने निर्णय गरेको थियो ।

यद्यपि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै होम सेन्टरमा हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति: Jul 4, 2021

प्रतिक्रिया दिनुहोस्