Logo
८ श्रावण २०७८, शुक्रबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनीका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा (पत्रसहित)

लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी छन्  ।

जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्रीशंकर पोखरेलसमक्ष आज राजीनामा बुझाएकी हुन् ।

उनले आफ्नो पार्टीले सरकारलाई समर्थन नगरेकोले मन्त्रीको काममा निरन्तरता दिन नसक्ने जनाएकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ-‘नेपालको संविधानको धारा १६९ को २ बमोजिम आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्