Logo
१२ बैशाख २०८१, बुधबार
(July 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका ब्रिटनीको अनुरोध अदालतबाट अस्वीकार, संरक्षणक उनका बुबानै रहने

गायिका ब्रिटनी स्पेयर्सले बुबालाई आफ्नो संरक्षणकर्ताको रुपमा हटाउन माग गर्दै गरेको आग्रह लसएन्जल्स उच्च अदालतले खारेज गरेको छ ।

ब्रिटनी स्पेयर्सको संरक्षकमा उनका बुबा जेमी स्पेयर्स नै रहने भएका छन् । बुबा जेमी सन् २००८ देखि ब्रिट्नीको संरक्षणकर्ताको रुपमा रहँदै आएका छन् ।

ब्रिटनीले अदालतमा १३ वर्षदेखि आफुलाई जबर्जस्ती औषधी दिने गरेको र आफ्नो इच्छा विपरित काम गर्न लगाएको बयान दिँदै आफ्नो जिन्दगी फिर्ता चाहेको बताएकी थिइन् ।

उनले विवाह गरेर आफुले बच्चा जन्माउन चाहेकोका बेला संरक्षकले नदिएको र आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन् । पिता जेमी आफू रोइरहेको हेर्दा आनन्दित हुने समेत बताएकी थिइन् ।

जवाफमा जेमी स्पयर्सले आफूले छोरीलाई असाध्यै माया गर्ने र उनको भविष्यका लागि चिन्तित रहेको बताएका थिए । उनले ब्रिटनीको आरोपको बिषयमा छानबिन गर्न समेत आग्रह गरेका थिए ।

जेमीले विगत दुई वर्षयता ब्रिटनीको औषधि तथा व्यक्तिगत कुरा नहेरेको पनि जानकारी गराएका थिए । अनौठौ व्यवहार देखाउन थालेपछि ब्रिटनीले १३ वर्षदेखि संरक्षणकर्ताको संरक्षणमा रहेकी छन् ।

 

प्रकाशित मिति: Jul 2, 2021

प्रतिक्रिया दिनुहोस्