Logo
७ बैशाख २०८१, शुक्रबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु, तीन घाइते

गण्डकी प्रदेश स्थित तनहुँमा अविरल बर्षासँगै आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बन्दीपुर-३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन् ।

त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका-९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ । स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्