Logo
८ बैशाख २०८१, शनिबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

गण्डकी प्रदेश स्थित म्याग्दी जिल्लाको मलंगला गाउँपालिकामा जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

मलंगला गाउँपालिका-२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका हुन् ।

सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला-१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते र मृतक सबै मङ्गला गाउँपालिका-१ का हुन् । अस्पतालमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एञ्जिता भण्डारी, आठ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गीता खत्री र २३ वर्षीया अमृता रसाइलीको उपचार भइरहेको छ ।

दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पूर्णगाउँतर्फ जाँदै थियो । जिप गएराति सवा आठ बजेतिर सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । घाइतेको स्थानीयवासी र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

दुर्घटनाबारेमा थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विक्रमराज गुरुङले बताए ।

 

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्