Logo
१५ चैत्र २०८०, बिहीबार
(June 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि सन्चालन हुने (तालिकासहित)

लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन हुने भएको छ ।आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिफ्टमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।

परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

 

हेर्नुहोस् परीक्षा तालिका

 

प्रकाशित मिति: Jun 30, 2021

प्रतिक्रिया दिनुहोस्