Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिलाई आधुनिकीकरण गरी व्यावसायिक उत्पादनमा लैजानु अहिलेको आवश्यकता : अहिराज

प्रदेश २ का प्रदेश प्रमुख डा। राजेश अहिराजले राष्ट्रिय धान दिवसको अवशरमा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण प्रदेशवासीहरुमा  शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय धान दिवसको अवशरमा शुभकामाना सन्देश जारी गर्दै उनले कृषि क्षेत्रका समस्या हटाउन जोड दिनुपर्ने बताएका हुन् ।साथै उनले कृषि क्षेत्रमा युवा सहभागिता बढाउन र नयाँ कृषि प्रविधिको प्रयोगमा जोड दिन पनि अपिल गरेका छन् ।

जारी शुभकामना सन्देशमा भनिएको छ,-‘आज असार १५, अर्थात् राष्ट्रिय धान दिवस । सोही महत्वपूर्ण अवसरमा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण प्रदेशवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । नेपालको प्रमुख खाद्यवाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ ।
अझ, प्रदेश २ मा त अन्य क्षेत्रको तुलनामा सबै भन्दा बढी धान उत्पादन हुने गर्दछ । तथर्स पनि किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो ।

समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्वोधन गर्दै कृषि क्षेत्रमा फड्को मार्ने सार्थक पहल कदमीका लागि हामी सबै लाग्नु अत्यावश्यक छ । राष्ट्रिय धान दिवसको अवसरमा पुन शुभकामना । धन्यवाद’

 

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्