Logo
१३ बैशाख २०८१, बिहीबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुख अहिराजको सिको गर्दै मुख्यमन्त्री राउतले गरे हरित प्रदेश अभियान शुभारम्भ

प्रदेश नं २ का प्रदेश प्रमुख राजेश अहिराजले पछिल्लो समयमा बृक्षारोपन गरीरहेको पाइलालाई पछ्याउँदै मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान-२०७८ को आज एक समारोहबीच शुभारम्भ गरेका छन् ।

प्रदेश प्रमुख डा अहिराजले लगातार प्रदेश कार्यालयदेखि लिएर बारा, महोत्तरी र प्रहरी कार्यालय लगायतका स्थानमा लगातार वृक्षारोपण थालेपछि मुख्यमन्त्री राउतले पनि हरित अभियानको शुभारम्भ गर्दै प्रदेशमा साढे १४ लाख विरुवा रोपिने बताएका छन् ।

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका-४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मु

ख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ ।राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलले जानकारी दिए । अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन्।

सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्