Logo
११ बैशाख २०८१, मंगलबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भिडियो कन्फेरेन्समार्फत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आज ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शुभारम्भ गर्ने भएका छन् ।

हेटौंडामा हुने शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ ।जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी रहेको छ । प्रतिष्ठान स्थापना भएको करिब दुईसय ९८ दिनमै प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन, नियमावलीहरु, पूर्वाधारहरु तयार गर्न आवश्यक जमीनको बन्दोवस्त, अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन, तोकिएको सबै मापदण्ड पूरा गरी यसै शैक्षिक सत्रवाट तीनवटा स्नातक तहका विषयका बिपिएच, बि.फार्मेसी र वि.एम.एल.टीको कक्षा सञ्चालनको लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति तथा सीट संख्या समेत निर्धारण भई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जस्ता अवसरहरु यो प्रतिष्ठानलाई प्राप्त भएको छ ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्