Logo
१५ चैत्र २०८०, बिहीबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराईका योद्धाहरुको सालिक पहाडमा पनि राख्न जनप्रतिनिधिलाई प्रदेश प्रमुख अहिराजको अनुरोध

प्रदेश २ का प्रदेश प्रमुख डा राजेश अहिराज आन्तरीक पर्यटनको प्रचारप्रसार तथा पर्वद्धनको उद्देश्यका साथ पछिल्लो समयमा देशका विभिन्न धार्मिक स्थलहरुको भ्रमण र अवलोकनमा ब्यस्त रहेका छन् ।

प्रदेश प्रमुख अहिराज यतिबेला ईलाम, ताप्लेजुङ लगायतका क्षेत्रको अवलोकन भ्रमणमा रहेका छन् ।उनले सो भ्रमणका क्रममा ईलामका जनप्रतिनिधि र मेयरलाई भेटेर तराईको प्रतिनिधित्व हुने कुनै तस्बिर वा सालिक राखेर मधेशलाई पनि अपनत्व बोध गराउन अनुरोध गरेका छन् ।

 

मधेशलाई अझै पनि हेर्ने दृष्टिकोण नबदलिसकेकोले त्यस्ता सालिक वा मधेशको प्रतिनिधित्व हुने कुनै तस्बिरले हिमाल, पहाड र तराईबीचको सम्बन्ध अझै प्रगाढ बनाउने बताएका हुन् । सो कुरामा जनप्रतिनिधिहरु पनि सकारात्मक देखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

त्यत्ति मात्रै होईन, उनले देशका विभिन्न स्थानको अवलोकन गर्न जाँदा त्यहाँका जनप्रतिनिधि र सरोकारवालाई जनकपुरधाम र पुरै तराई घुम्न आउने निम्ता दिने गर्छन् । सोही निम्तालाई स्वीकार्दै धेरै व्यक्तिहरुले तराईका सांस्कृतिक सम्पदाको भ्रमण र अवलोकन पनि गरिसकेका छन् भने कतिपय आउने क्रममै रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रदेशको कार्यभारसँगसँगै बचेको समयमा उनले देशमा रहेका प्राकृतिक सम्पदा, मठ मन्दिर, पर्यटन र विकास निर्माणका विषयमा अवलोकन गर्दै आएका छन् । सोही क्रमलाई निरन्तरता दिदैँ यत्तिबेला उनी ईलाम, ताप्लेजुङ र पाथीभराको अवलोकनका लागि निस्किएका छन् ।

प्रदेश प्रमुखकको उक्त कदमले पर्यटनको सम्भावना रहेको क्षेत्रको प्रचार हुने र मानिसहरुको आकर्षण बढ्न सक्ने स्थानीयहरुले बताउँदै आएका छन् ।

देशका विभिन्न क्षेत्रको भ्रमण गरिरहेका प्रदेश प्रमुख झा सधैँ मधेशकै पहिरनमा नै भेटिने गर्छन्,गत महिनामा मुक्तिनाथ पुग्दा पनि मधेशको प्रतिनिधित्व हुने खालको पहिरन लगाएका झाले पहाडका दुरदराजमा पुग्दा पनि उहीँ पहिरनमा भेटिएका छन् ।

 

पद, प्रतिष्ठा भन्दा पनि आफ्नो धर्म, संस्कृति र पहिचान प्यारो हुने र यसले सबै समुदायबीचको आपसी सम्बन्ध सुधार गर्ने विषयलाई पनि डा अहिराले पटकपटक उठाउँदै आएका छन् । तसर्थ पनि मधेशको प्रतिनिधित्व गर्ने भेषमा उनी देशका विभिन्न भुभागहरुमा पुगिरेका छन् ।

प्रदेश प्रमुख अहिराजको पहाडका मठ, मन्दिर, धार्मिक, प्राकृतिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रको भ्रमणले दुई भुगोलको संस्कृति आदानप्रदानमा समेत सहयोग पुगेको कतिपयको भनाई छ ।

मधेश र पहाडको संस्कृति, रहनसहन र रितितिथी साटासाट हुनुका साथै एकअर्काको क्षेत्रमा घुम्न आउदाँ सौहार्दपूर्ण वातावरण समेत निर्माण भएको देखिन्छ ।

अझ उनले पहाडमा पुगेर मधेशका समस्या र मधेशीहरुमाथिको विभेदका विषय उठाउँदा त त्यस्ले आपसी सम्बन्ध सुधारमा धेरै बल पुगेको बताईन्छ ।

देशका हरेक भुभागमा घुम्दा समेत तराईको भेषभेषा र आपसी हकहितका विषयलाई उठाएर नेपाली नेपालीबीचको सम्बन्ध सुधारमा सहयोग पुगेर र मधेश र मधेशका नागरिक पनि नेपाली हुन् भन्ने सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

साथै प्रमुख अहिराजले पनि हरेक नागरिक नेपाली हुन् र कसैमाथि पनि विभेद, अत्याचार हुन नहुने र हरेकको कला, संस्कृति, धर्म र भेषभुषाको सम्मान हुनुपर्ने विषय उठाउँदै आएका छन् ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्