Logo
८ बैशाख २०८१, शनिबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यामाहाले ल्याएको नयाँ मोटरसाइकल एफजेड-एक्सका यस्ता छन् विशेषता !

भारतीय बजारमा यामाहाले हालै नयाँ मोटरसाइकल एफजेड-एक्स लन्च गरेको छ ।

कम्पनीको १५० सीसी सेगमेन्टमा यो नयाँ मोटरसाइकल हो । नेपाली बजारमा समेत आगामी दिनमा उपलब्ध हुने यामाहा एफजेड-एक्स मोटरसाइकलका ५ विशेषता यस्ता छन् :

डिजाइन
यामाहा एफजेड–एक्सको डिजाइन एकदमै सामान्य छ र राइडरले अपराइड पोजिसनमा बस्न मिल्ने छ । बजारमा नियो–रेट्रो स्टाइलका मोटरसाइकल धेरै नभएको अवस्थामा यामाहाले यो बजारमा प्रवेश गर्ने जमर्को गरेको छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यामाहा एसएक्सआर १५५ को डिजाइनबाट यसको डिजाइन प्रभावित छ ।

इन्जिन
एफजेड–एक्समा १४९ सीसी एफजेडएस–एफआई प्लेटफर्मको इन्जिन प्रयोग गरिएको छ । यसले १२।४ बीएचपी पावर र १३।३ एनएम टर्क जेनेरेट गर्छ ।

इन्जिनका साथ ५–स्पिड गियरबक्स उपलब्ध छ । सस्पेन्सनमा मोनोसकका साथ टेलिस्कोपिक फोर्क्स उपलब्ध छ । ब्रेकिङका लागि सिंगल च्यानल एबीएसका साथ डिस्क ब्रेक दिइएको छ ।

ब्लुटुथ कनेक्टिभिटी
यामाहा एफजेड–एक्समा भएको ब्लुटुथ कनेक्टिभिटीमार्फत यामाहाको वाई–कनेक्ट एप प्रयोग गर्न सकिन्छ । यसले स्मार्टफोनलाई जोड्छ र मिस्ड कल, इमेल, म्यासेज र फोनको ब्याट्री लेवल आदि थाहा पाउन सकिन्छ । यसले मोटरसाइकलको इन्जिन आयल र ब्याट्री लेवल समेत थाहा दिन्छ ।

आधुनिक फिचर
यो मोटरसाइकल हेर्दा सामान्य लागे पनि यसमा धेरै आधुनिक फिचर राखिएका छन् । यामाहा एफजेड–एक्समा अघिल्लो र पछिल्लो भागमा एलईडी लाइट, एलईडी फ्ल्यासर, सिंगल च्यानल एबीएस, साइड स्ट्यान्ड इन्जिन कटअफ र ब्लक प्याटर्न टायर जस्ता फिचर उपलब्ध छन् ।

मूल्य
भारतीय बजारमा एफजेड–एक्सको मूल्य १ लाख २० हजार भारु सम्म तोकिएको छ । लगभग उस्तै फिचर भएको एफजेड मोटरसाइकल भन्दा यसको मूल्य केही महंगो छ ।

ःयतयचजभबम
नेपाली बजारमा उपलब्ध एफजेडएस–एफआई मोटरसाइकलको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसका आधारमा एफजेड–एक्सको मूल्य ३ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्