Logo
६ चैत्र २०८०, मंगलबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ, १२ मोटरसाइकल बरामद

प्रदेश नं २ स्थित पर्सा जिल्लाको वीरगञ्जमा मोटरसाइकल चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा १५ वर्षका बालकसहित वीरगञ्ज महानगरपालिका-१८ बस्ने २१ वर्षका साहेब साह र २६ वर्षका अवधेस प्रसाद पटेल रहेका छन् ।

पक्राउ परेका उनीहरुमध्ये साहेबले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरि वडा नम्बर २२ जगरनाथपुर ढाटस्थित अवधेशले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा लगि पाटपुर्जा खोली बिक्री गर्ने गरेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सोहीक्रममा उनीहरुले वीरगञ्ज-२० हरपतगञ्जबाट विवाहस्थलमा राखिएको ना ६२ प ९७१७ नम्बरको मोटरसाइकल चोरी गरि ग्यारेजमा राखेका थिए ।

सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ग्यारेजबाट चोरी गरिएको उक्त् मोटरसाइकल र कागजात नभएका पाटपुर्जा खोलिएको अवस्थामा रहेको थप ११ वटा गरि १२ वटा मोटरसाइकल बरामद गरेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका तीनैजनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्