Logo
६ चैत्र २०८०, मंगलबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा ईट्टाभट्टाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

प्रदेश नं २ स्थित सर्लाहीमा ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर दुई दाजु-भाइको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमो डुबेर बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला ईंटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न जाँदा डुबेको सर्लाही प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकाली उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएको थियो ।

यद्यपि अस्पताल पुर्‍याउनेवित्तिकै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दाजुभाइको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको सर्लाही प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्