Logo
६ बैशाख २०८१, बिहीबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित रोल्पा जिल्लामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका -९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर , १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर मृत्यु भएको रोल्पा जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको रोल्पा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरीले बताएका छन् ।

 

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्