Logo
७ बैशाख २०८१, शुक्रबार
(June 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुराम भन्छन् : ‘अब त चेतौँ, छिटो संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊ’

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अब त चेतौँ  छिटो संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत अरू देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय-शक्ति खर्चिरहेको भन्दै उनले अब चाहिँ बेलैमा चेत्नुपर्ने बताएका छन् ।

उनले  ट्विटरमार्फत भने  ‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय-शक्ति खर्चने भयौँ’, उनले भनेका छन्, ‘अब त चेतौँ–छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद् पुनर्स्थापना गरेर संविधान-लोकतन्त्र ट्र्याकमा ल्याऊ १ अदालत–दल नागरिकले आआफ्नो धर्म निभाऊँ ।’

प्रकाशित मिति: Jun 23, 2021

प्रतिक्रिया दिनुहोस्