Logo
४ बैशाख २०८१, मंगलबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीमण्डल विस्तारविरुद्धको रिटमा सर्वोच्चको फैसला सेटिङमा भएको महेश बस्नेतको आरोप

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले मन्त्रीमण्डल विस्तारका विरुद्धमा परेको रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई लक्षित गर्दै न्यायालयको विश्वसनीयतामा शंका उब्जिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते गरेको मन्त्रीमण्डल विस्तारका विरुद्धमा परेको रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशलाई लक्षित गर्दै न्यायालयको विश्वसनीयतामा शंका उब्जिएको बस्नेतले बताएका हुन ।

बस्नेतले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा विशेष सूचना प्राप्त गरेर बनेको भनाई प्रति लक्षित गर्दै न्यायालयप्रति शंका व्यक्त गरेका छन्।

उनले लेखेका छन् ‘अदालतका फैसलाहरु कि सेटिङ्गमा हुने गर्दछन्। कि न्यायलयहरुले संभाब्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भबिष्यबाणी काग कराउनु कुखुरा हराउनु भएको हो। जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन। राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।’

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्