Logo
१३ बैशाख २०८१, बिहीबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् बासी रोटी सेवन गर्दा हुन्छन् यी फाइदा !

मानव स्वास्थ्यका लागि रोटी खानु राम्रो मानिन्छ । अहिले पछिल्लो समयमा झन रोटीको सेवन बढ्दो देखिन्छ । कसैको घरमा रातको समयमा त कोहीको बिहान रोटी बनाएर खाने गरेको देखिन्छ ।कोदो,मकै,मैदा, आटा, फापर आदिबाट रोटी बनाउन सकिन्छ ।

कतिपयले दिउँसोको समयमा रोटी बनाएर खाने गर्छन् । अरु खाने कुरा बासी खादा स्वास्थ्यको लागि हानिकारक हुन्छ । तर रोटीले भने बासी खादा कैयौं रोग निदानको लागि औषधीको काम गर्ने एक अध्ययन जनाएको छ ।

बासी रोटीको यती धेरै फाइदाहरूबारे थाहा पाएपछि जो कोहीले पनि आजैबाट बासी रोटीलाई फोहोरको रुपमा फाल्न छोडेर आफैं खान थाल्नेछन् ।

थाहा नपाउनजे त रोटी फोहरमा फाल्ने र कसैले गाईलाई दिने गर्छन् । बासी रोटी खादा उच्च रक्तचाप,ग्यास्ट्रिक,तनाव र सुगर जस्ता रोगहरुबाट बच्न सकिने बताइएको छ ।

ग्यास्ट्रिक

कहिलेकाहीं पेटमा ग्याँस वा एसिडिटी बढ्न गई समस्या झेल्नुपर्ने हुन्छ । त्यही एसिडिटीकै कारण तनाव एवं सुगर जस्ता रोगको सामना गर्नुपर्ने अवस्था पनि आउँछ । त्यसैले यदि तपाइँ बिहान बासी रोटी दुधसँग खाने गर्नुहुन्छ भने ग्यास्ट्रिकको समस्या त हट्छ नै, साथसाथै सुगर पनि नियन्त्रण गर्दछ ।

उच्च रक्तचाप

उच्च रक्तचाप वा ब्लडप्रेसर भएमा बासी रोटी खानु धेरै फाइदादायक हुन्छ । यसका लागि बिहान सबेरै चिसो दुधसँग बासी रोटी खानुपर्ने हुन्छ । यसो गर्नाले बढेको रक्तचाप सन्तुलनमा ल्याउन सहयोग गर्छ ।

सुगर

जुन व्यक्ति बिहान दुधसँग बासी रोटी खाएर काममा निस्कन्छ, उसको रगतमा सुगरको मात्रा नियन्त्रणमा रहन्छ ।

तनाव

पेट खराब भइरहन्छ भने प्राय तनावबाट पीडित भएको हो । दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका साथै पेटसँग सम्बन्धित हरेक किसिमका समस्या ठिक गर्न मद्दत गर्दछ ।एजेन्सी

 

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्