Logo
१२ बैशाख २०८१, बुधबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषामा मदिरा लोड अटो प्रहरीद्वारा नियन्त्रण, चालकसहित ४ जना पक्राउ

प्रदेश नं २ स्थित धनुषामा अवैध घरेलु मदिरा लोड एउटा अटो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

हरिहरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैध घरेलु मदिरा लोड रहेको एउटा अटो गाडी इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँचको क्रममा जिल्लाको धारापानीबाट जनकपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रदेश २-०२-००१ स १०९७ नम्बर अटो गाडी भरि घरेलु मदिरा लोड रहेको पाएपछि अटो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धारापानी बस्ने अटो चालक बलिराम विश्वकर्मा र अवैध मदिरा कारोबारमा संलग्न बिना विश्वकर्मा, निल कुमारी लामा र चिनामाया छन् ।

त्यस्तै प्रहरीले नियन्त्रणमा लिएको अटोबाट करिब ३ सय ५० लिटर अवैध मदिरा बरामद भएको छ । नियन्त्रणमा लिइएको अटोसहितको मदिरा र संलग्न कारोबारीलाई मदिरा नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धानको कार्यालय पठाउनेले प्रहरीले बताएका छन् ।

 

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्