Logo
१३ बैशाख २०८१, बिहीबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ ।

नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए ।

‘मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ,’ उनले भने । टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई १० लाख र मेलम्ची नगरपालिकालाई १० लाख रहेको छ ।

बुधबार राति आएको बाढीले मेलम्ची बजार डुवानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि ९बुधबार० नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्