Logo
१५ चैत्र २०८०, बिहीबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर २,२९७ कोरोना संक्रमित थपिए, ४६ जनाको मृत्यु

नेपालमा आज थप २,२९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४,३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २,२९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ भएको छ । हालसम्म ८ हजार ७७२ जना संक्रमितको मृत्यु भएको छ।  साथै आज थप ३,१३० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्