Logo
७ बैशाख २०८१, शुक्रबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलले सार्वजनिक गरे अनायरा र त्रिशानको पहिलो पटक एकसाथ तस्बिर !

भारतीय कमेडियन कलाकार कपिल शर्मा पहिलो पटक आफ्ना सन्तान अनायरा र त्रिशानसँग एकसाथ देख्एिका छन् । उनले फ्यानको डिमान्डमा आफ्नो छोरा त्रिशानको तस्बिर आइतबार पहिलो पटक सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

कपिलले सार्वजनिक गरेको तस्बिरमा उनको काखमा छोरो त्रिशान र छोरी अनायरा केक काट्दै गरेको देख्न सकिन्छ । तीनै जनाले सेतो कलरको टिसर्ट समेत लगाएका छन् ।

तस्बिर शेयर गर्दै कपिल शर्माले लेखेका छन् ‘पब्लिकको जोडदार डिमान्डका कारण अनायरा र त्रिशान पहिलो पटक एकसाथ ।’
कपिल र उनकी पत्नी गिन्नी चतरथ गत १ फेब्रअरीमा त्रिशानको आमाबुबा बनेका थिए ।

जसको जानकारी कपिल आफैले सामाजिक संजाल माफर्त दिएका थिए । तर अहिलेसम्म उनले छोराको तस्बिर शेयर गरेको भने थिएनन् ।

कपिलले सामाजिक संजालमा शेयर गरेको छोरा त्रिशानको तस्बिर अहिले भाइरल भइरहेको छ । तस्बिर फ्यान तथा सेलिब्रेटीले पनि मन पराएका प्रेम प्रकट गरिरहेका छन् ।

कपिल र गिन्नीले २०१८ को डिसेम्बर महिनामा बिवाह गरेका थिए । २०१९मा उनीहरु पहिलो पटक छोरीको अभिभावक बनेका थिए ।

 

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्