Logo
११ बैशाख २०८१, मंगलबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि टुटल र पठाओ सेवा सञ्चालनमा आउने

सरकारले काठमाडौंमा जारी निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयपछि जोरबिजोर प्रणाली अनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओ सेवा पनि भोलिदेखि सञ्चालनमा आउने भएका छन्।

राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको कम्पनीले बताएका हुन् ।  सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम भए पनि सेवा भने सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु कम्पनीको भनाइ छ ।

निषेधज्ञा खुकुलो गर्ने क्रममा मंगलबारदेखि सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।

 

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्