Logo
८ बैशाख २०८१, शनिबार
(June 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाउँदै

छिमेकी देश भारतमा आजदेखि १८ वर्ष माथिका सबै नागरिकलाई निःशुल्क कोरोना भाइरस विरुद्धको खोप दिइने महाअभियान सुरू हुँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरे अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाइने महाअभियान आजबाट सुरू गरिएको हो ।

खोप महाअभियामा लाग्ने खर्च सबै केन्द्र सरकारले ब्यहोर्ने छ । तर निजी अस्पतालल खोप लगाएमा लागि तोकिएको शुल्क तिर्नुपर्ने छ ।

खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ ।

सरकारले यो वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन राखेको लक्ष्य अनुरुप सुरू भएको यो अभियानले जुन महिनासम्ममा ३० करोड नागरिकले लगाउने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: Jun 21, 2021

प्रतिक्रिया दिनुहोस्