Logo
७ बैशाख २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोर्स मोटर्सले नयाँ गोर्खा एसयूभी छिटै लन्चिङ हुँदै, जा्न्नुहोस् यस्ता छन् विशेषता !

फोर्स मोटर्सले न्यु जेनेरेसन अफ रोडर एसयूभी गोर्खाको लन्चिङ समय पहिलो पटक स्पष्ट गरेको छ ।

हालै फोर्स गोर्खा एसयूभीको न्यू जेनेरेसन मोडलको फोटो इन्टरनेटमा लिक भएको थियो । कम्पनीले सो कार जुलाई र सेप्टेम्बरमा लन्च गर्ने सम्भावना रहेको छ । लन्चिङ पछि सो कारको महिन्दा थारसँग प्रतिस्पर्धा हुनेछ ।

फोर्स मोटर्सले २०२० को अटो एक्सपोमा नयाँ गोर्खा बीएस ६ सार्वजनिक गरेको थियो । कोभिड–१९ को कारणले गर्दा सो कारको लन्चिङ समय केही समयको लागि सारिएको थियो ।

महिन्द्रा थार भारतमा निकै चर्चित रहेको छ । महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्नको लागि नयाँ गोर्खा एसयूभीको लुक र डिजाइनमा कैयौ परिवर्तन गरिएको छ ।

नयाँ फोर्स गोर्खा बीएस६ एसयूभीमा २.६ लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसले ८९ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । सो कारमा अल ह्वील ड्राइभ सिस्टम उपलब्ध हुनेछ । सो एसयूभी दमदार अफ रोडर हुनेछ र यसमा फोर बाई फोर सिस्टमको साथ अफरोडिङ टायर उपलब्ध हुनेछ ।

नयाँ फोर्स गोर्खाको डिजाइन र लुक अटो एक्सपो २०२० मा सार्वजनिक गरिएको गोर्खा जस्तो देखिन्छ । यसको अटो एक्सपोमा प्रदर्शन गरिएको जस्तो फेन्डर माउन्टेड इन्डिकेटर्स, सर्कुलर एलईडी डिआरएल, सिंगल स्लेट ग्रिल, स्नोर्कल, फाइव स्पोक अलोय ह्वीलको साथमा रुफ माउन्टेड लगेज क्यारियर समावेश गरिएको छ ।

नयाँ गोर्खामा नयाँ हेडल्याम्पको साथै सर्कुलर डे टाइम रनिङ लाइटको साथै सिंगल स्लट ग्रिलको बीचमा कम्पनीको लोगो समावेश गरिएको छ ।

कम्पनीले सो कारमा डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १७ इन्चको ट्युबलेस टायर समावेश गरेको छ । कारमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, दुई एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर, पावर विन्डो, डिआरएलको साथमा एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा म्यानुअल लकिङ डिफ्रेन्सियलको साथमा नयाँ च्यासिस पनि उपलब्ध रहेको छ ।

सो एसयूभीमा एन्टि लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, डुअल एयरब्याग, पार्किङ सेन्सर, स्पिड अलर्ट जस्तो सेफ्टी फिचर रहेको छ ।

मिडिया रिपोर्ट अनुसार नयाँ गोर्खा बीएस६ एसयूभी १० देखि १५ लाख भारुमा लन्च गर्ने सम्भावना रहेको छ । नेपाल अटो

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्