Logo
८ बैशाख २०८१, शनिबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्सामा एक साताका लागि निषेधाज्ञा लम्ब्याइयो

प्रदेश नं २ स्थित पर्सा जिल्लामा थप एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

निषेधाज्ञा अवधिभर भीडभाडजन्य कार्य नगर्न, मापदण्डको पालना गरी सार्वजनिक, निजी कार्यालय/निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने र सोको लागि उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउनु पर्ने समेत निर्णय गरिएको छ ।

यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ ।

 

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्