Logo
७ बैशाख २०८१, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री गहना वशिष्ठ रिहा

पोर्न भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेकी अभिनेत्री तथा मोडल गहना वशिष्ठ रिहा भएकी छन् ।

५ महिना पहिले अर्थात ६ फेब्रुअरीमा गिरफ्तार भएकी गहना अहिले रिहा भएकी हुन् । पुलिस अधिकारीका अनुसार गहनालाई ६ फेब्रअरीमा गिरफ्तार गरेर ७ फेब्रअरीमा अदालतमा पेस गरिएको थियो ।

उनलाई दिन्डोशी सेशन कोर्टले जमानत दिएको हो ।कोरोना र लकडाउनले कोर्ट बन्द भएको कारण उनको जमानतमा ढिला भएको हो । उनी शुक्रबार रिहा भएको बताइएको छ ।

गहना स्ट्रगल अभिनेत्रीलाई कामको लोभ देखाएर पोर्न भिडियो छायाँकन गर्ने गरथिन् । उनी त्यसरी काम गर्दा एक फिल्मको १५ देखि २० हजार दिने गर्छिन् ।

वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमा अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ ।त्यो हेर्न उनको च्यानलको सदस्यता पनि लिनुपर्छ । त्यसका लागि दुई हजार रुपैया चार्ज राखिएको छ ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्