Logo
१२ बैशाख २०८१, बुधबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डडेल्धुरामा अस्मिता मृत्यु प्रकरण : अनुसन्धानका लागि परिचालन गरियो दुई वटा प्रहरी टोली

सुदूरपश्चिम प्रदेश स्थित डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ ।

शनिवार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै प्रहरी टोली परिचालन गरिएको हो ।

घटनाको अनुसन्धानका लागि सङ्घीय इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा एउटा टोली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआईटी०का नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै टोली आइतबार बिहान घटनास्थल प्रस्थान गरेका छन् ।

असार २ गते परशुराम–८ को जमरानी स्वास्थ्य केन्द्रबाट कोभिड १९ का बाँकी रहेका स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी धामीको शनिवार सामुदायिक वनमा शव फेला परेको थियो । शव पोष्टपार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्