Logo
१५ चैत्र २०८०, बिहीबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले सपनामा यी २५ चिज देख्दाँ हुन्छ अत्यन्त शुभ !

सपना हामी सबैले देख्ने गछौं । कति सपना हाम्रो जीवनमा मेल खान्छ भने कति सपना हाम्रो जिवनमा मेल खाने गदैन् त्यसैले सपनाको फल पनि हामीले कस्तो अवस्थामा सपना देख्खेका छौ त्यसमा पनि भरपर्ने गर्छ । हाम्रो समाजमा सपनाले भावी दिनको संकेत गर्छ भन्ने चलन रहेको छ ।

धर्मशास्त्रहरुमा विश्वास गर्ने ले कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् भन्ने गर्दछ ।

वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।

धर्मशास्त्र अनुसार यदी हामी सपना देख्दा राम्रो सोचाइ र स्वस्थ छौ भने त्यस्तो बेला देखिएको सपनाको फल मिल्ने गर्छ नत्र सपना देख्नुको कुनै अर्थ नहुने बताउने गर्छन्

 सपनामा यी २५ चिज देख्नु लाभदायक हुन्छ :
-सपनामा हात्ती देखेमा धन वा पुत्र लाभ हुन्छ । हात्तीमा बसेको देखेमा भूमीमा गाडिएको धन प्राप्त हुनसक्छ । सेतो रंगको हात्ती सपनामा देखेमा कल्याणकारी फल मिल्छ ।

– सेतो सर्पले डसेको देखेमा धनलाभ हुन्छ ।

-माछा देखेमा धेरै शुभ हुन्छ । मछुवारेकहाँ माछा देखेमा धनलाभ हुन्छ ।

-चरा उडिरहेको देखेमा धन लाभ हुन्छ । हाँस देखेमा शुभ फल प्राप्त हुन्छ ।

– सिंहमा चढेको देखेमा धन, बल, विर्य र शौर्यको वृद्धि हुन्छ ।
-सपनामा उँट देखेमा अपार धन प्राप्ति हुन्छ ।
-घोडा देखेमा संकट नास हुन्छ । आपत्तीबाट छुटकारा मिल्छ । घोडा चढेको देखेमा ठूलो पद पाईन्छ । प्रमोशन हुन्छ ।
– मोटो गाई वा गोरु देखेमा लाभ मिल्छ । सन्तान प्राप्ति हुन्छ ।
-जरायो देखेमा चिताएको पुग्छ । उत्तम फल मिल्छ ।
-बाख्रा देखेमा उच्च फल प्राप्त हुन्छ ।
– जुका वा बिच्छि देखेमा धन, पुत्र वा विजय प्राप्त हुन्छ ।
– घोडी, कुखुरी वा कर्याङकुरुङको पोथी देखेमा राम्री श्रीमती प्राप्त हुन्छ ।
– सूर्य उदाएको देखेमा धन लाभ तथा रोगबाट मुक्ति मिल्छ । सूर्य निलेको देखेमा उत्तम पुत्र प्राप्त हुन्छ ।
-घनघोर वर्षा भएको देखेमा व्यापारमा लाभ हुन्छ ।
-चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ ।
– समुद्र देखे लक्ष्मी प्राप्ति हुन्छ ।
– सेतो फूल देखे धनलाभ हुन्छ । हरियो फूल देखे जनसंपर्क बढ्छ ।
– फल देखे धनलाभ हुन्छ ।
-पान देखेमा मुद्दा मामिलामा जीत हुन्छ ।
– पहाडमा चढेको देखे सफलता तथा पहाडको टाकुरामा पुगेको देखेमा आयु वृद्धि हुन्छ ।
– सपनामा नरिवल, केरा वा निबुवा देखेमा सन्तान प्राप्ति हुन्छ ।
-तलाऊ वा पोखरी देखेमा प्रशस्त धन प्राप्ति हुन्छ । स्वच्छ पानी देखेमा मंगल तथा पानीमा पौडिएको देखेमा सुख हुन्छ ।
-कमलको फूलले भरिएको तलाउ देखेमा शुभप्रद, सन्तान प्राप्ति हुन्छ ।
– कपास अरुलाई दिएको देखेमामात्र शुभ फल प्राप्त हुन्छ ।सपनाको फल पत्रपत्रिकाबाट

 

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्