Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु, ९ घाइते

बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी नौ जना मजदुर घाइते भएका छन् ।

आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।

यता प्रशासनले  घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्