Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं उपत्यकाका सिडिओहरू बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे आवश्यक निर्णय गर्न  तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै छ ।

बैठक आज दिउँसो पछि बस्ने बताइएको छ । उक्त बैठकमा कुन-कुन क्षेत्र खुल्न दिने र निषेधाज्ञा थप गर्ने भन्नेबारे छलफलबाट निर्णय हुने जनाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि  उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ७ गतेपछि सकिँदैछ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्