Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

शुक्रबार (आज) प्रदेशसभाको बैठकमा विश्वासको मत पाएका हुन् । प्रदेशसभामा विश्वासको मत माग्दा पोखरेलको पक्षमा ३१ मत खसेको हो ।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने, विपक्षमा २७ मत खसेको छ ।प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्