Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधिकारिकता दाबी गर्दै जसपाको उपेन्द्र–बाबुराम पक्ष निर्वाचन आयोगमा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।

अहिले यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु आयोगमा पुगेका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न आयोग पुगेको हो ।

 

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्