Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गर्ने चार युवक जेल चलान

प्रदेश नं २ स्थित सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गर्ने चार युवक पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

सप्तरीको खडक नगरपालिका वडा न.५ का ३० वर्षीय बिनय कुमार यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र ३१ वर्षीय महेशकुमार पासवान सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो।

उनीहरुलाई सप्तरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराज तर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायतको हतियार प्रयोग गरी सप्तरीको खडक नगरपालिका वडा न. ५ का ५० वर्षीय रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उपचारको क्रममा उनको मृत्यु भएको थियो ।घटना लगतै चारजना पक्राउ परेका थिए ।यता सो घटनामा संलग्न अन्य केहि व्यक्तिहरु फरार र उनीहरुको खोजविन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्