Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा बालिकालाई सामूहिक बलात्कार गरेर फरार मुखिया १४ वर्षपछि पक्राउ

प्रदेश नं २ स्थित सप्तरीमा बालिका सामूहिक बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।

उनलाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षकले जानकारी दिए । प्रहरीका अनुसार असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।

सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो ।

पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको प्रहरीले बताएका छन् ।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्