Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री रेवती संपतले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

अभिनेत्री रेवती संपतले १४ जनामाथि यौन शोषणको आरोप लगाएकी छन् । मयालम अभिनेत्री रेवतीले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम सार्वजनिक गर्दै सो आरोप लगाएकी हुन् ।

उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, निर्देशक राजेश टचरिवर, डाक्टर, सब-इन्स्पेक्टरसहित कयौँ मानिस सामिल छन् ।

डिवाइएफआई नेता नन्दु अशोकनको नाम समेत उनको सूचीमा परेको छ । ‘पटनागढ’ फिल्मकी अभिनेत्री रेवतीले चर्चित अभिनेता सिद्दीकीलाई यौन शोषणको आरोप लगाउदै उनलाई पहिले पनि यौन शोषणको आरोप लागेको खुलासा गर्दै कारबाही भने नभएको बताएकी छन् ।

रेवतीको यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले पोष्टमा लेखेकी छन् ‘मैले यहाँ प्रोफेसनल, ब्यक्तिगत, साइबर स्पेसका माध्यमले दुर्व्यवहार गर्ने अपराधिको नाम खुलासा गर्दैछु । जसले अहिलेसम्म मेरो शारीरिक, मानसिक र भावनात्मक रुपमा शोषण गरेका छन् ।’अभिनेत्रीले निर्देशक राजेश टचरिवर, अभिनेता सिद्दीकी, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए.आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम।यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति रहेका छन् ।

केही मानिसले यो उनको पोष्टलाई चर्चामा आउने माध्यम बताएका छन् भने केहीले उनको सूचीमा उल्लेख व्यक्तिलाई कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्