Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा १२ सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ ।

केही दिन यता नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति: Jun 18, 2021

प्रतिक्रिया दिनुहोस्