Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेटका रोगबाट बचाउने घिरौलाका यस्ता छन् १० फाइदा जान्नुहोस् !

घिरौला हामी सबैलाई थाहा भएको र हामीले भान्सामा तरकारी बनाउदैँ खादैँ पनि आएका हौंला । यो एक ग्रीष्म वर्षा यामको लहरे तरकारी बाली हो ।

घिरौला खेताको लागी तातो (२५.३) डि.से र ओसिलो मौसममा राम्रो सप्रने गर्दछ । घिरौला खेतीको लागी बलौटे दोमट माटो उपयुक्त हुन्छ । माटोमा प्रशस्त मात्रामा प्राङ्गरिक बस्तु र पी.एच.मान ५.८.-७.५. हुनु पर्दछ ।

घिरौलाका धेरै स्थानीय जातहरुको खेती गरिन्छ । उन्नत जातहरु मध्ये कान्तिपुर, नारायणी र पुसा चिल्ले बढी प्रचलित छन् ।

घिरौला तरकारीखानको लागि मात्र प्रयोग नभई यसको औषधिय महत्व पनि रहेको छ । यसलाई गर्मी समयमा हामीले तरकारी बनाएर खाँदा खेरी हाम्रो पेटमा भएको समस्यालाई हटाउन मद्धत गर्छ भने शरीरमा भएको मोटोपनलाई पनि हटाउन सहयोग गर्ने गर्छ ।

यसको सेवनले खानामा रुचि बढ्छ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा गर्दछ ।
यस्ता छन् घिरौलाका फाइदा
-शरीरमा रहेका विशाक्त वस्तुहरुलाई ‍हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ।
– रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।
– जन्डिस जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ।
– चिल्लो पदार्थ तथा कोलेस्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटोपना कमी गर्न पनि सहयोग गर्छ।
– पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन।
– यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ।
– यसमा रहेको बेटा क्यारोटिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ।
– यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डीफोर जस्ता संक्रमण हुनबाट बचाउँछ।
-यसको नियमित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।
– यसमा एन्टिबायोटिक एन्टिअक्सिडेण्ट तथा एन्टिफंगल गुणहरु पनि रहेको हुन्छ।

प्रकाशित मिति: Jun 17, 2021

प्रतिक्रिया दिनुहोस्