Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका मुख्यमन्त्री बाढी प्रभावित क्षेत्र अवलोकनका लागि मनाङ प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि बिहीबारै मनाङ प्रस्थान गरेको छ ।

गृह मन्त्रालयको समन्वयमा हेलिकप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मुख्यमन्त्री मनाङ प्रस्थान गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन दिएको खड्काले बताए ।

गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री  पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको छ ।प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०र१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।

मनसुनको सुरुवातमै आएको बाढीका कारण गण्डकीका विभिन्न जिल्लाले बाढी, पहिरोका कारण हजारौं परिवार विस्थापित भएका छन् भने विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रकाशित मिति: Jun 17, 2021

प्रतिक्रिया दिनुहोस्