Logo
१३ बैशाख २०८१, बिहीबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई एमालेको अग्रह

सत्तारुढ नेकपा एमालेले मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न माग गरेका छन् ।

‘नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अविरल वर्षाले गर्दा आएको बाढी पहिरो र डुबानमा परी सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व, नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायतजिल्लाहरु बढी प्रभावित भएका छन् । कतिपयको ज्यान गएको छ भने कैयौं बेपत्ता भएका छन् । सयौंपरिवार घरबारबिहीन भएका छन् ।

ज्ञवालीले विज्ञप्तिमा सरकारले विपद् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने गरी गरेको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्