Logo
८ बैशाख २०८१, शनिबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन्।

संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता नेपालीले विश्वासको मत लिने भएका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन्।

विश्वासको मत लिएपछि मात्रै सदनमा बजेट माथिको छलफल सुरु हुने छ। मङ्गलवार गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो।उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले समर्थन गरेका थिए।

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्