Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुद्वारा प्रदेशसभा बैठक अवरुद्ध

निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

विपक्षी दलका सांसदहरुले यो माग राख्दै उभिरहेपछि सभामुख सरोज कुमार यादवले केहि बेरका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

मंगलबारको दोस्रो बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद सुन्दर बहादुर विकले सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको बताए ।

मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् ।

उनले यसबारेमा यसअघि नै सरकारसँग आग्रह गर्दै ध्यानाकर्षण गराएपनि निर्वाचन क्षेत्र विकासका लागि बजेट नबढाइएको बताए ।सांसद विकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरे ।

विकले राखेको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले पनि समर्थन जनाएका थिए ।

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्