Logo
८ बैशाख २०८१, शनिबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : मिर्गौला सुन्निएको हामीले कसरी थाहापाउने? यस्ता छन् लक्षणहरु !

आजभोलीको समयमा धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् । किनभने अहिलेका शहरीया जीवनयापन र कामको चापको कारण उनीहरुले स्वास्थ्यप्रति त्यति ध्यान दिन सकिरहेका हुदैनन् त्यसकारण अहिले मानिस मिर्गौलाको समस्या धेरै मानिसलाई देखिएको छ ।

खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गौलाको समस्या उत्पादन हुन्छ । मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो ।कहिले काही हाम्रो शरीरमा मिर्गौलामा पत्थरी भयो भने पनि मिर्गौला सुनिने गर्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर्छ ।

मिर्गौला सुन्निने समस्यालाई चिकित्सकिय भाषामा ‘ग्लोमेरुलोनेफ्राइटिस’ भनिन्छ । मिर्गौला सुन्निने समस्या यस्तो रोग हो जसको कारण मिर्गौलाको फिल्टर सुन्निन्छ ।

मिर्गौलाको फिल्टर धेरै साना रक्तनलीहरुबाट बनेको हुन्छ जसलाई ग्लोमेरुली भनिन्छ । जब यो समस्या अचानक सुरु हुन्छ, त्यतिखेर यो समस्या गम्भिर हुन सक्छ ।

यसैले मिर्गोला सुन्निने समस्यालाई हल्का रुपमा नलिनुहोस् ।तर, तपाईंले मिर्गौला सुन्निने समस्यालाई समयमै पहिचान गरि नेफ्रोलोजीस्टसँग परामर्श लिनुपर्छ ।

मिर्गोला सुन्निएमा के हुन्छ ?

मिर्गौला सुन्निने एक यस्तो स्थिती हो जसमा मिर्गौलाको मुख्य भाग सुन्निन्छ जसलाई निफ्रोन भनिन्छ । यसले मिर्गौलाको रगत सफा गर्ने क्षमता कम हुन्छ ।

मिर्गौला सुन्निने कारणले घाँटी खसखसाउने, छालामा संक्रमण जस्तो संक्रमणहरु प्रति प्रतिरक्षा प्रतिक्रियामा कमीको कारण घातक हुन्छ । केही अवस्थामा भने यस्तो संक्रमण ठिक हुन्छ र मिर्गौलाको कार्यमा सुधार हुन्छ ।

मिर्गौलाको कैयौं प्राथमिक समस्याहरुको प्रभाव ग्लोमेरुलसमा पर्छ । जस्तो पिसाब गर्नमा समस्या हुन्छ र किड्नीको रगत सफ ागर्ने क्षमता कम हुन्छ ।

मिर्गौला सुन्निदाँ देखिने लक्षण 

-पिसाब गर्नमा दुखाई

-ज्वरो आउने

-सहनै नसकिने तिव्र दुखाई

-पहेँलो वा रातो रंगको पिसाब

-पिसाबमा धेरै प्रोटिन हुने

-फोक्सोमा तरलपदार्थ जम्मा हुनु

-पिसाब धेरै कम आउनु

-धेरै थकान लाग्नु

-खोक्न र श्वासप्रश्वासमा समस्या

-शरीर सुन्निने र सासफेर्न समस्या हुनु

-सासमा दुर्गन्ध आउनु

कारण

एन्टीबायोटिक औषधिको कारणले

बेलाबखत दुखाई निरोधक वा एन्टीबायोटिक औषधिको साइडइफेक्टको कारण पनि ग्लोमेरुलोनेफ्राइटिस हुन सक्छ । यसैले कुनै पनि एन्टीबायोटिक औषधि लिनभन्दा पहिले डाक्टरसँग सोध्नुहोस् ।

त्यसैले पिसाबमा रगतको मात्रा देखिएमा वा पिसाबको रंग अचानक परिवर्तन भएर रातो खैरो देखिएमा मिर्गौलाको डाक्टरलाई एकपटक देखाउनुहोस् ।

मधुमेहका रोगीहरुलाई खतरा

मधुमेह र ल्युपस जस्ता केही अटो इम्युन रोगहरुबाट पिडित मानिसहरुमा सेकेण्डरी ग्लोमेरुलोनेफ्राइटिस अर्थात मिर्गौला सुन्निने स्थिती आँउछ । यस्तो स्थितीमा समयमै उपचार गर्नाले मिर्गौलालाई बँचाउन सकिन्छ ।

 

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्