Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निष्कासित ४ सांसद एमालेमा फर्किएसँगै कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा !

सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्वहाली गर्न आदेश दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्राविधिक अल्पमतमा देखिएका छन् ।

आज सभामुखले सर्वोच्चको आदेश मुताबिक ४ जना एमाले संसदीय दलको सदस्यका रुपमा फर्किएको पत्र प्रदेशसभामा पढेर सुनाएका छन् ।

कर्णाली प्रदेशको राजनीतिमा फेरि नयाँ ट्विस्ट आएको छ ।एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने उनले घोषणा गरे ।

अब प्रदेशसभाका ४० जना सांसदमध्ये एमालेसँग सभामुखसहित २० जना भएका छन् । यसैगरी, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

राप्रपाले पनि सरकारलाई समर्थन गरेको छैन । तसर्थ जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा देखिन्छन् । यसले उनीमाथि नैतिक संकट पैदा भएको छ ।

कर्णालीमा नीति तथा कार्यक्रम पारित हुनका लागि अब फेरि एमालेका सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । एमालेका पुनर्वहाली भएका ४ सांसदमध्ये ३ जना सरकारमा मन्त्री छन् ।

सभामुखले पत्र पढेर सुनाएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले एमालेका सांसद लिएर सरकार चलाउने कुरा मान्य नहुने बताएका छन् ।

प्रकाशित मिति: Jun 14, 2021

प्रतिक्रिया दिनुहोस्