Logo
७ बैशाख २०८१, शुक्रबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टाटा नेक्सनको २ लाखौ कार रोल आउट, यस्तो छ बिषेशता !

भारतमा टाटा मोटर्सले आफ्नो नेक्सनको २ लाखौ कार रोल आउट गरेको छ । टाटाको लोकप्रिय मानिने सब–कम्प्याक्ट एसयूभी नेक्सनलाई पुनेस्थित रन्जनगाउँ प्रोडक्सन प्लान्टमार्फत सार्वजनिक गरिएको हो ।

यो भन्दा पहिले टाटा मोटर्सले सन् २०२० नोभेम्बरमा नेक्सनको १ लाख ५० हजारौं कार रोल आउट गरेको थियो । सन् २०१७ मा लन्च गरिएको टाटा नेक्सन एसयूभीले सन् २०१८ सेप्टेम्बरमा ५० हजारौं कार रोल आउट गरेको थियो ।

त्यसको एक वर्ष पश्चात एक लाखौ कार सार्वजनिक गरिएको थियो ।हाल टाटा नेक्सनको केही डिजेल भेरिएन्ट र टेक्टोनिक ब्लु कलर भेरिएन्टको बिक्री बन्द गरिएको छ ।

नेपाली बजारमा समेत टाटा नेक्सन लोकप्रिय कारमा गनिन्छ ।१२ सय सीसी इन्ज्नि क्षमता भएको नयाँ नेक्सनमा आईआरए जस्ता समुच्च प्रविधि जडान गरिएको छ ।

यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङमा फाइभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगायतका नयाँ बिशिष्ट विशेषताहरु भएको नेक्सन ६ वटा रङहरुमा उपलब्ध छ ।

नेपाली बजारमा टाटा नेक्सन एसयूभी विभिन्न ७ भेरिएन्टमा उपलब्ध भएको छ । यसको मूल्य ३९ लाख ९५ हजार देखि ५२ लाख ५५ हजार रुपैयाँ सम्म छ । नेपाल अटो

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्