Logo
८ बैशाख २०८१, शनिबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुखको पत्रचार : मुख्यमन्त्री राउतले भन्छन्-‘ध्यानआकृष्ट भएको छ’

प्रदेश २ स्थित प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भन्दै पत्र लेखेपछि मुख्यमन्त्री लालबाबु राउतले तत्कधालै प्रतिकृया दिदै त्यसलाई सहज रुपमा लिने बताएका छन् ।

प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने उनले बताए । ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु’ मुख्यमन्त्री राउतले भनेका छन् ।

प्रदेश प्रमुखले स्मरणपत्र पठाएपछि के गर्नुहुन्छ रु भन्ने संवाददताहरुसँगको प्रश्नमा उनले भने, ‘उहाँले ध्यानआकृष्ट गराउनुभएको छ । ध्यानआकृष्ट भएको छ ।’

यसअघि जेठ २८ गते प्रदेश २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएका थिए ।

उनले महिला, दलित, जनजाति, शहीद परिवार, गैरमधेसीको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउन पत्रमार्फत सुझाव दिएका थिए ।

त्यस्तै यसअघि एक जना प्रदेशसभा सदस्यले पनि प्रदेश २ को सरकारमा महिला सहभागिता नहुनु संविधान बिपरित भएको सार्वजनिक अभिब्यक्ती दिएकी थिइन ।

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्