Logo
११ बैशाख २०८१, मंगलबार
(June 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने

कर्णाली प्रदेश सरकारले अब कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ ।कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कर्मचारीहरूलाई १२ दिन बिदा दिने योजना नीति तथा कार्यक्रममा समेटिएको हो ।

शनिवार प्रदेश सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा केन्द्र सरकारको सिको गर्दै कर्मचारीलाई १२ दिन पर्यटन खर्च सहित पर्यटन बिदा दिने निर्णय गरेको हो ।

प्रदेश पर्यटन गुरुयोजनाअनुसार सुनौलो त्रिभुज (काँक्रेविहार-रारा-फोक्सुन्डो’ र सुनौलो सिक्री (वीरेन्द्रनगर-हिल्सा-मानसरोवर) जोड्ने अवधारणा अनुसार यस मार्ग र आसपासका पर्यटकीय पूर्वाधारको विकासलाई अगाडि बढाउने प्रदेश सरकारको योजना छ ।

त्यस्तै कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यताको अध्ययन गरी युद्ध पर्यटन छनोट गर्नु साथै अन्य सम्भावित पदमार्गहरूको ‘पदमार्ग परीक्षण’ गरी सञ्चालन गर्ने नीति नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस अघि केन्द्र सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत सरकारी कर्मचारीहरूलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति: Jun 13, 2021

प्रतिक्रिया दिनुहोस्