Logo
१३ बैशाख २०८१, बिहीबार
(June 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नशालु पदार्थ खुवाएर १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार

सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको कञ्चनपुर जिल्लामा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

बेदकोट नगरपालिका-५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेको एक प्रहरीले बताएका छन् ।

नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ।

 

प्रकाशित मिति: Jun 11, 2021

प्रतिक्रिया दिनुहोस्